दसैँमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरूको व्याख्या गरिन्छ

काठमाडौँ । हिन्दुहरूको महान् चाड दसैँको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दसैँमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।
दसैँमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दसैँमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।
तर पुरुष र महिलालाई आशिष् दिने बेग्लाबेग्लै श्लोक वाचन गर्ने प्रचलन छ । धेरै मानिसहरूलाई यस्तो श्लोक कण्ठस्थ भए पनि यसको अर्थ भने कमैलाई थाहा छ ।
टीका लगाउने भनेको प्रकृति पूजकको रूपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्छन् उनीहरूको आफ्नै विधि छ । उनीहरूले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरूले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन ।
संस्कृत विश्वविद्यालयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वादको गहनता बुझ्दा महिला र पुरुषको अलग अलग नभएको बताउँछन् । ‘तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्। तर समय क्रमसँगै दसैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ,’ उनले भने ।
निधारभरि अक्षता टाँसेर अक्षताकै सङ्ख्यामा आशीर्वादलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक बनाउनुपर्नेमा संस्कृतिविदहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित