दसैँको रौनक
सडकको दुरवस्थाका बिच गाउँ फर्किनेहरूको चाप, चक्रपथ क्षेत्रमा देखियो यस्तो दृश्य
बिहीबार, २४ असोज २०८१, ०८ : ५१
![सडकको दुरवस्थाका बिच गाउँ फर्किनेहरूको चाप, चक्रपथ क्षेत्रमा देखियो यस्तो दृश्य](https://npcdn.ratopati.com/media/news/ddd_uE5kRDYxYr.gif)
काठमाडौँ । आज फूलपाती । आजैदेखि हिन्दु नेपालीको महान पर्व दसैँ मनाउन सार्वजनिक बिदा सुरु भएको छ । बिदा भएसँगै आज राजधानीबाट गाउँ फर्किनेहरूको चाप देखिएको छ ।
यद्यपि सडकको दुरवस्थाले गाउँ फर्किन सहज छैन । तैपनि चुनौतीका बिच सर्वसाधारण आफ्नो गाउँठाउँ फर्किइरहेका छन् । केहीअघिको वर्षासँगैको बाढी पहिरोले त्रिभुवन राजपथ अन्तरगतको झ्याप्ले खोला र अन्य स्थानमा पहिरो गएको थियो भने अझैपनि सडक पूर्णतः सहज भइसकेको छैन ।
सडक सहज नभएकै कारण सीतापाइलाबाट भीमढुंगा हुँदै धादिङको धार्के निस्कनेको सङ्ख्या बढ्दो छ । कलङ्कीका साथै सीतापाइलाको वैकल्पिक सडक हुँदै घर जानका लागि बिहानैदेखि रिङरोड क्षेत्रका विभिन्न चोक र स्थानमा झोलासहित सर्वसाधारण गाडी पर्खेर बसिरहेका देखिन्छन् । आफ्नो सरसामानसहित रिङरोडमा देखिने दृश्यले दसैँको रौनकतालाई ह्वात्तै बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
-
७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग