बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

मिल्टन आँधी अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइयो

बिहीबार, २४ असोज २०८१, ०७ : ४८
बिहीबार, २४ असोज २०८१

फ्लोरिडा । अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ ।

यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब ​​सकिएको छ। लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन्। मिल्टन अहिले सारासोटा पुगेको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरुद्ध डोनाल्ड ट्रम्पको कथित दुष्प्रचारको आलोचना गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप