च्यासलमा एमाले सचिवालय बैठक बस्दै
बिहीबार, २४ असोज २०८१, ०७ : ३८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बैठक बिहीबार पौने १२ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ ।
यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
-
भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासुखान समस्या छैन : पशु चिकित्सक
-
खेलकुद संघहरूको भूमिका सन्तोषजनक छैन : मन्त्री चौधरी
-
दसैँमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरूको व्याख्या गरिन्छ
-
दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा
-
अवरुद्ध सडक खुल्यो