पोखरामा राँगोले हानेर एक जनाको मृत्यु
बिहीबार, २४ असोज २०८१, ०७ : १९

पोखरा । पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ ।
पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए ।
३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापनरत थिए ।
राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
समाजवादी मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने
-
राजस्व उठाउन पोखरा महानगरको बेवास्ता
-
महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छ : उपाध्यक्ष घिमिरे
-
४० प्रतिशत पनि राजस्व उठाउन सकिएको छैन
-
पोखरा महानगरको कर नीति प्रगतिशील छैन