बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

ब्राउनसुगरसहित दुई जना पक्राउ

बिहीबार, २४ असोज २०८१, ०६ : ४९
बिहीबार, २४ असोज २०८१

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-४ स्थित अतिथि सत्कार होटेलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख गुराँस गाउँपालिका-४ बस्ने २५ वर्षीय चेतन शाही र २४ वर्षीय पवन शाही रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप