बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा महामन्त्रीको शल्यक्रिया सफल, अवस्था सामान्य

बिहीबार, २४ असोज २०८१, ०६ : ४५
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । दाँतको गिजाको क्यान्सर उपचार गराइरहेका राप्रपाका महामन्त्री डा धवलशमशेर राणाको शल्यक्रिया सम्पन्न भएको छ । 

भारतको मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युटमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । 

सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया गरेको र अहिले अवस्था सामान्य सामान्य रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 
उनी केही दिन मुम्बईमै रहने र छिट्टै नेपाल फर्किने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप