जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौँ । दाङ र कैलाली जिल्लाबाट जुवातास खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ कुटिचौर शान्ति कर्मकोट सामुदायिक वनस्थित जङ्गलभित्र जुवातास खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका-१२ बस्ने ३३ वर्षीय जिवराज रावत समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार १ सय १० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-५ लव्ली चोक बस्ने ४२ वर्षीय मैते डगौरा थारूको सौरभ एन्ड सौगात नास्ता पसलमा जुवातास खेलिरहेको मैते डगौरा समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ६५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण