शानदार जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा जीवितै
![शानदार जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा जीवितै](https://npcdn.ratopati.com/media/news/ind-w-sri-2_GuMgsvt9dD.webp)
दुबई । महिला टी–२० विश्वकप क्रिकेटमा बुधबार भारतले श्रीलंकालाई ८२ रनले पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । भारतले २० ओभरमा ३ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा श्रीलंकाको टोली १९.५ ओभरमा ९० रनमा अलआउट भयो।
श्रीलंकाका लागि कविशा दिल्हारीले सर्वाधिक २१ रन बनाइन् । अनुष्का संजीवनीले २० रन र अमा कञ्चनाले १९ रनको योगदान दिएकी थिइन् । यी तीन खेलाडीबाहेक अरू कसैले दोहोरो अङ्क छुन सकेनन् ।
भारतका लागि अरुन्धती रेड्डी र आशा शोभनाले ३–३ विकेट लिए । रेणुका सिंहले दुई विकेट लिएकी थिइन् । दीप्ती शर्मा र श्रेयंका पाटिलले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । भारतकी कप्तान हरमनप्रीत कौरले अविजित ५२ रनको इनिङ्स खेलिन्। उनी खेलको प्लेयर अफ द म्याच चुनिइन् ।
स्मृति मन्धानाले ५० र शेफाली वर्माले ४३ रन बनाइन् । मन्धना र शेफालीबिच पहिलो विकेटका लागि ९८ रनको साझेदारी भएको थियो ।
श्रीलंकाका चमारी अटापट्टु र अमा कञ्चनाले १–१ विकेट लिए । स्मृति मन्धाना रनआउट भइन् ।
यो जितसँगै भारतको सेमिफाइनल पुग्ने आशा कायमै रहेको छ । टोली समूह ‘ए’ को अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ । भारतको अर्को खेल अक्टोबर १३ मा अस्ट्रेलियासँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान