चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ ।
संगठनले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूसँग माग गरेको छ । सङ्गठनका महासचिव हंसबहादुर शाहीले चाडवाडको समयमा केही स्थानीय तहले शिक्षक तथा कर्मचारीको तलब भत्ता रोकेर अधिकारबाट वञ्चित हुने वातावरण सिर्जना भएको जिकिर गरे ।
“सङ्घीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासा गर्ने दायित्वका रुपमा स्थानीय सरकारलाई सुम्पिएको सर्वविदितै छ । सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदानअनुसार स्थानीय तहले समयमा तलब भत्ता वितरण गर्नुपर्नेमा त्यसो नहुँदा शिक्षक र कर्मचारी मर्कामा परेका छन्”, विज्ञप्तिमा भनिएको छ । हालसम्म तलब भत्ता उपलब्ध नगराउने विभिन्न ३४ स्थानीय तह रहेको शिक्षक सङ्गठनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी फिल्म फेस्टिभल : काठमाडौँमा सकियो, अब पोखरामा हुने
-
ललितपुर महानगरले गर्यो १२ फुटबल क्लबलाई सम्मान
-
नो केबलकार समर्थक १४ आन्दोलनकारी पक्राउ, एउटा गाडीमा तोडफोड
-
संसद्मा दर्ता भयो नागरिक उड्डयनसम्बन्धी दुई विधेयक, यसरी टुक्र्याइँदैछ क्यान
-
राजनीतिमा जितहार स्वभाविक हो, जित्दैमा उत्ताउलो हुनु पर्दैन : देउवा
-
पुलिसले जित्यो पाँचौँ टाइगर कप भलिबलको उपाधि