व्यवसाय विकासका लागि किशोरीलाई सामग्री प्रदान
सिरहा । सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षाभन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिमपछि व्यवसाय विकासका लागि विभिन्न सामग्री प्रदान गरिएको छ ।
बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत ‘केयर नेपाल’को आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा आज लहानमा आयोजित एक कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले १३ लाख ५० हजार बराबरका विभिन्न सामग्री प्रदान गरे ।
विभिन्न कारणले विद्यालय जानबाट बञ्चित रहेका किशोरीलाई आत्मनिर्भर तथा सशक्तीकरणका लागि तीन महिनासम्म सिलाई कटाई, दालमोट, भुजिया, ब्युटीपार्लर, कृषि, लुगाधुने सरफ र लाह चुरा बनाउनेसम्बन्धी तालिम दिइएको समग्र जनउत्थान केन्द्र लहानका उपाध्यक्ष अनिता चौधरीले जानकारी दिए। सीपमुलक तालिमपछि स्वरोजगार बनाउन व्यवसाय विकासका लागि उद्यमशील सामग्री प्रदान गरिएको उनले बताए ।
यस्ता सामग्रीमा सिलाई कटाई मेसिन, ग्यास चुलो, भाँडाकुँडा, मैदा, सरफ बनाउने कच्चा पदार्थलगायत रहेका र यिनको उपयोग भएनभएको सम्बन्धमा संस्थाले समयसमयमा अनुगमनसमेत गर्ने समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुराना गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’