बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो टी–२० मा भारतसामु निरीह बन्यो बंगलादेश

बुधबार, २३ असोज २०८१, २२ : ५४
बुधबार, २३ असोज २०८१

नयाँ दिल्ली । दोस्रो टी–२० मा बंगलादेशमाथि शानदार जित निकाल्दै भारतले शृङ्खलामाथि कब्जा जमाएको छ । बुधबार राति भएको खेलमा भारत ८६ रनले विजयी बन्यो ।

२ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो । टोलीका लागि महमुदुल्लाहले सर्वाधिक ४१ रन बनाए । उनले ३९ बलमा ३ छक्का प्रहार गरे ।

मेहदी हसन मिराज र परभेज होसेन इमोले १६–१६ रन, लिट्टन दासले १४ रन तथा कप्तान नजमुल होसेन सान्तोले ११ रन जोडे । भारतका लागि नितिश कुमार रेड्डी र वरुण चक्रवर्तीले २–२ विकेट लिए भने अर्शदीप सिंह, वासिङ्टन सुन्दर, अभिषेक शर्मा, मयंक यादव र रियान परागले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । नितिश रेड्डीले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७४ रन बनाए । उनले यस क्रममा ४ चौका र ७ छक्का हिर्काए ।

उनलाई रिंकु सिंहले २९ बलमा ५३ रन बनाउँदै राम्रो साथ दिए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले ३२ रनको योगदान दिए ।

बंगलादेशका लागि रिसाद होसेनले ३ तथा ताक्सिन अहमद, तान्जिम हसन सकिब र मुस्तफिजुर रहमानले २–२ विकेट लिए । 

भारतले ३ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । यसअघि आइतबार खेलिएको पहिलो खेलमा भारत ७ विकेटले विजयी बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप