स्कटल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित
शारजाह । यूएईमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नवप्रवेशी स्कटल्याण्डलाई ८० रनले पराजित गरेको छ । बुधबार भएको समूह बी अन्तरगतको खेलमा १ सय ६७ रनको लक्ष्य पाएको स्कटल्याण्ड मात्र ८६ रनमा समेटिएको हो ।
टोलीका लागि केथरिन फ्रेजरले सर्वाधिक १४ रन तथा एलिसा लिस्टरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि ननकुलुलेको एमलाबाले ३ विकेट लिइन् भने क्लोइ ट्रायन र नदिन डी क्लेर्कले २–२ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । टोलीका लागि ताजमिन ब्रिट्स र मारिजेन कापले ४३–४३ रनको योगदान दिइन् । कप्तान लाउरा वोल्भार्टले ४० रन जोडिन् ।
समूह बीमा ३ खेलमा दोस्रो जित निकाल्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लेको छ । स्कटल्याण्ड भने जितविहीन रहँदै पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण