सुनसरीको एक उद्योगमा आगलागी, आठ वटा दमकल परिचालन
बुधबार, २३ असोज २०८१, २२ : ४१
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज आगलागी भएको छ । हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिए।
फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने