भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी भैरहवा र पोखरा हवाई इन्धन डिपोबाट बिक्री हुने अन्तर्राष्ट्रियतर्फको इन्धनको मूल्य प्रतिकिलोलिटर क्रमशः अमेरिकी डलर ९१ र ७६ घटाएको हो ।
निगमले यसअघि भैरहवा र पोखरास्थित हवाई इन्धन डिपोबाट अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर आठ सय ६० लिँदै आएको थियो । मूल्य घटेसँगै भैरहवास्थित डिपामा हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ६९ र पोखरास्थित डिपोमा प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ८४ कामय भएको छ ।
गत साउन २८ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत ‘नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ कार्यान्वयन गर्न ती दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : अन्तिम १६ पहिलो लेगमा एएस रोमा र लियों विजयी, म्यान्चेस्टर बराबरीमा रोकियो
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल