बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

भारत सरकारद्वारा ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका पुल नेपाललाई हस्तान्तरण

बुधबार, २३ असोज २०८१, २२ : ३२
बुधबार, २३ असोज २०८१

काठमाडौँ । भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न प्रयोग हुने नेपाल स्थित भारतीय दूतावासले जानकारी दिएको हो । 

३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुलहरू भारत सरकारले अनुदानको रूपमा प्रदान गरेको हो । यी सामानहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरे । प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरू आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने दूतावासले जानकारी दिएको छ ।

WhatsApp Image 2024-10-09 at 17.14.19_293176c2

बुधबार नै भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरेका थिए । 

अत्यावश्यक सरसफाइ सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याई पुर्‍याइएको हो ।  राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप