बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

शताब्दीकै सबैभन्दा ठूलो आँधी भनिएको ‘मिल्टन’ बारे चेतावनी जारी

बुधबार, २३ असोज २०८१, २२ : ०२
बुधबार, २३ असोज २०८१

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीबारे चेतावनी जारी गरिएको छ । मिल्टन बुधबार राति टेम्पा बेमा आइपुग्ने बताइएको हो । 

 अमेरिकी राष्ट्रिय तूफान केन्द्रका अनुसार मिल्टन आँधी टेम्पा खाडीबाट करिब ४८५ किलोमिटर दक्षिणपश्चिममा रहेको छ । यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले मानिसहरूलाई सो ठाउँ छाडेर बाहिर जान चेतावनी दिएका छन्। केन्द्रले मिल्टनलाई श्रेणी–५ मा राखेको छ । मिल्टनको गति २७० किलोमिटर प्रतिघण्टा रहेको जनाएको छ । टेम्पापुलिसले यो शताब्दीकै सबैभन्दा ठूलो आँधी भएको बताएको छ । 

 अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘अहिले सो क्षेत्र खाली गर्ने समय आएको छ। मिल्टन आँधीबाट प्रभावित मानिसहरूले आधिकारिक निर्देशनहरू पालना गर्नुपर्छ। यो जीवन र मृत्युको कुरा हो ।’ टेम्पामा ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप