बिग बोसको ‘गधा’ सलमान खानका लागि समस्या
बुधबार, २३ असोज २०८१, २१ : ५४
मुम्बई । पिपल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) इन्डियाले बुधबार बलिउड अभिनेता सलमान खानलाई पत्र लेखेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानलाई ‘बिग बोस १८’ को सेटबाट गधा हटाउन अपिल गरिएको हो ।
खानलाई पठाएको पत्रमा पेटा इन्डियाले गधाको प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ । रियालिटी शो ‘बिग बोस १८’ मा ‘गधराज’ १९ औँ प्रतियोगीका रूपमा प्रस्तुत भएका छन् ।
(पेटा) इन्डियाका प्रतिनिधि शौर्य अग्रवालले सलमान खानलाई लेखेको पत्रमा भनिएको छ, ‘उहाँले आफ्नो प्रभाव प्रयोग गरेर शोका निर्माताहरूलाई मनोरञ्जनका लागि जनावरहरू प्रयोग नगर्न अनुरोध गर्नुपर्दछ। यसले जनावरहरूलाई तनाव र दर्शकहरूलाई असुविधा मात्र रोक्दैन, एउटा बलियो उदाहरण पनि बन्ने छ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
-
बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनीत
-
२ खर्बको दसैँ !
-
विश्व दृष्टि दिवस : करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टि दोषको समस्या
-
काभा यू–२० च्याम्पियनसिप : कोलम्बोमा आज नेपाल र किर्गिस्तान भिड्दै
-
रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा १६ जना घाइते