बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

यात्रुवाहक बसको ब्रेक फेल भएर दुर्घटना,  दुई वटा गाडीसँग ठोक्कियो

बुधबार, २३ असोज २०८१, २१ : ४७
बुधबार, २३ असोज २०८१

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङबेसीमा यात्रुबाहेक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । 

बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा ३५ जना घाइते भएका हुन्। गम्भीर घाइते ६ जनालाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बा ३ ख २७२३ नम्बरको उक्त बस सुरुमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सीसँग ठोक्किएको थियो । त्यसपछि  पुन: हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको अर्को ट्याक्सीमा समेत ठोक्किएको थियो । 

दुई गाडीसँग ठोक्किएर बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

462639602_395262170323422_1013511424372332452_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप