बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

बुधबार, २३ असोज २०८१, २१ : २०
बुधबार, २३ असोज २०८१

बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएका हुन्। 

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले त्यसदिनबाहेक सबैदिन कार्यालय आधा समय खुल्नेछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुनेछ ।

विभागको अत्यावश्यक सेवाका रुपमा रहेको पर्वतारोहण अनुमतिलाई निरन्तरता दिइने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्त याममा दसैँमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ । सार्वजनिक बिदाको दिनसमेत विभागको काम यथावत् रहने जनाइएको छ । 

दसैँलगायत महत्वपूर्ण चाडपर्वसँगै पर्यटकीय याम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप