बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केका बिरामी यसरी बाँचे

बुधबार, २३ असोज २०८१, २१ : १५
बुधबार, २३ असोज २०८१

काठमाडौँ । खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केका एक बिरामीको धरानस्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल उपचार भएको छ । 

आफैँमाथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केका धनकुटाको महालक्ष्मी नगरपालिकाका तीस वर्षीय ती व्यक्तिको सफल उपचार भएको प्रतिष्ठानका प्रवक्ता डा अभिजित कुमारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पारिवारिक विवादपछि गत २०८१ भाद्र २९ गते राति करिब १० बजेतिर आत्महत्या गर्ने  उद्देश्यले उनले पेटमा खुकुरी प्रहार गरेका थिए । उक्त घटना छिमेकीले थाहा पाएसँगै सुरक्षाकर्मीको रोहवरमा गम्भीर अवस्थामा  सुरुमा उनलाई एम्बुलेन्सबाट धनकुटा जिल्ला अस्पतालमा लगियो । त्यहाँबाट उनलाई प्रतिष्ठानमा रेफर गरिएको थियो । 

भदौ ३० गते बिहान ८ बजेतिर प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उनी आन्द्रा बाहिर निक्लिएको अवस्थामा आइपुगेको प्रतिष्ठानको भनाइ छ। ‘निजको आफन्त कोही पनि उपस्थित नरहेकाले प्रहरीसँग समन्वय गरी  प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड  क्रिटिकल केयर विभागको टिमले बिरामीको उपचार शुरु ग-यो’, प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था  एकदमै नाजुक रहेको थियो । तर बिरामीको अभिभावक कोही पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेसनका  लागि अति आवश्यक पर्ने जाँच परीक्षण, रगतको व्यवस्था, औषधी एवम् अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न  कठिनाइ भएकोले अस्पताल प्रशासनसँग समन्वय गरी अप्रेसन मिति २०८१ भाद्र ३१ गते गरियो।’ 

अप्रेसनको क्रममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बाँकी आन्द्रा जोडिएको चिकित्सकहरूले जनाएका छन् ।  अप्रेसनमा करिब ४  घण्टाको समय लागेको बताइएको छ । अप्रेसनको सोह्रौँ दिनमा बिरामीलाई निको बनाएर डिस्चार्ज गरिएको विज्ञप्तिमा उल्लेख छ।  

बिरामीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको सबै खर्च छुट गरिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप