बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खकुराल चयन

बुधबार, २३ असोज २०८१, २० : ५६
बुधबार, २३ असोज २०८१

धादिङ  । अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनः बेलायत निवासी राजन खकुराल  चयन भएका छन् । 

मंगलबार सदरमुकाम धादिङबेसीमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई नेतृत्व चयन गरेको हो ।

नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), उपाध्यक्षमा सविन थपलिया (अस्ट्रेलिया), खुला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान), बद्री खतिवडा (अमेरिका) चयन भएका छन् ।

यस्तै महासचिवमा बाबुकाजी भण्डारी (जापान), सचिवमा राजेन्द्र थपलिया (द. कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल), सह कोषाध्यक्षमा सोमनाथ कडेल (कतार) लाई चयन गरिएको छ।

यसैगरी सदस्यहरुमा दीपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया), विनोद उप्रेती(अस्ट्रेलिया), कमल दुवाडी(अमेरिका), छन्द प्रसाद सिलवाल (भारत) चयन भएका छन् । समाजले दिएको जानकारी अनुसार १ जना महिला उपाध्यक्ष, महिला सचिव, प्रवक्ता र ४ जना सदस्य मनोनियत गरिने छ । महाधिवेशनको नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विश्वभर छरिएर रहेको धादिङ्गेलीहरुलाई अन्तर्राष्ट्रिय धादिङ समाजले जोड्नुपर्नेमा जोड दिए । उनले प्रवासमा रहेका धादिङ्गेलीहरुले जिल्लामा परेका समस्या पहिचान गरी सहयोग गर्न आग्रह गरे ।

महाधिवेशनले ९ बुँदे धादिङवेशी घोषणापत्र पनि पारित गरेको छ । 

महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ बढी प्रतिनिधि सहभागी थिए । महाधिवेशनका लागि १४ देशबाट प्रत्यक्ष सहभागी भए भने भौतिक उपस्थिति जनाउन नसकेका प्रतिनिधिहरु भर्चुअल माध्यमबाट जोडिएकार ४ देशबाट प्रतिनिधि सहभागी हुन नसकेको अध्यक्ष खकुरालले जनाए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप