करेन्ट लागेर आमा छोराको मृत्यु
बुधबार, २३ असोज २०८१, २० : ५२
रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा छोराको मृत्यु भएको छ। स्थानीय परोहा नगरपालिका–७ नरकटिया टोलका राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो।
दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले गएराति मृत घोषित गरेको प्रवक्ता रायले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति फलदायी ?
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको दरभाउ ?
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित