बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

युवतीको शव फेला, हत्याको आशंका

बुधबार, २३ असोज २०८१, १९ : ५६
बुधबार, २३ असोज २०८१

महोत्तरी । बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ । शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप