वीर गणेशमान सिंह राष्ट्रिय खेल टेनिस कार्तिकमा

काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्टस कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कार्तिक ५ गतेदेखि सुरु हुने भएको छ ।
६ दिने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने जानकारी प्रतियोगिताका संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा दिए । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुनेछ ।
जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । जुनियरमा बाहेक सबै समूहमा नगद पुरस्कार राखिएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।
महिला र पुरुष एकलतर्फको विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेता ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । ३५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेताले ३१ हजार दुई सय ५० रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
यसैगरी, ४५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेताले ३७ हजार पाँच सय र ४५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेता २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ५५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेता २५ हजार र ५५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेताले १८ हजार सात सय ५० रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, ६५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेताले १८ हजार सात सय ५० र ६५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेताले १२ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा