बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीका प्रदेश प्रमुखले पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरे विधेयक

बुधबार, २३ असोज २०८१, १७ : १३
बुधबार, २३ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेयक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाएका छन् । पुनर्विचारका लागि भन्दै प्रदेश सभामा विधेयक फिर्ता गरेका हुन् । 

प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 

Messenger_creation_E8A7EBB6-7551-4FCA-A8F9-68DE9786FD98

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप