बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा

बुधबार, २३ असोज २०८१, १७ : ०३
बुधबार, २३ असोज २०८१

काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो । 

यस अन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत तल उल्लेखित थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरू पाउनेछन् :

  • रियल टाइममा नै रु ८,००,०००/— (अक्षरूपी आठ लाख) सम्म मुद्दती धितो कर्जाको सुविधा । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ । 
  • अनलाइन मार्फत नै के.वाई.सी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा 
  • आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा
  • ग्राहकले स्वयमले आफू कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा 
  • एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा 

यस एपको सुरुवात सँगै ग्रामीण तथा अर्ध¬सहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढवा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप