बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारी ठगीबारे प्रतिवेदन : एमाले नेता पहारीले १५ लाख पेस्की लिएको दाबी

पहारी भन्छन्, ‘मैले त्यो पैसा लिएकै छैन’
बुधबार, २३ असोज २०८१, १६ : ५६
बुधबार, २३ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा एमाले नेता राजीव पहारी पनि जोडिएका छन् । उनले उक्त सहकारीबाट विभिन्न समयमा ऋण निकाल्ने गरेको र हाल उनको नाममा १५ लाख रुपैयाँ रहेका प्रतिवेदनमा उल्लेख छ। 

एमाले नेता राजिव पहारीले पोखरा सूर्य दर्शन सहकारीबाट १५ लाख ऋण लिएको पाइएको छ। युवा संघका पूर्व अध्यक्ष एवं नेता पहारीले सहकारीबाट २०७४ साल चैत १२ गते रकम निकालेको  पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

 हालसम्म गोप्य राखिएको प्रतिवेदनको पेज नम्बर २०७ को दोस्रो नम्बरमा पहारीको नाम उल्लेख  गरिएको छ। उक्त प्रतिवेदन अनुसार पहारीले कुल १५ लाख रुपैयाँ सहकारीबाट निकालेका थिए । उक्त रकम २०७४ चैत १२ गते नै त्रिवेणी विकास बैंकको चेक नम्बर ९१३४०८ मार्फत छिरिङ फुन्सुक ठकुरीका नाममा ७ लाख र सोही मितिको ग्लोबल आईएमई बैंकको चेक नम्बर २२०९८२३६ मार्फत छिरिङ फोक्सन ठकरीको नाममा  ८ लाख भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ। 

‘राजीव पहारीको पेस्की भुक्तानी खातामा विभिन्न मितिमा कारोबार भएको देखिन्छ ।  कारोबार मध्ये रु १५ लाख मौज्दात रहेका देखिन्छ ’महानगरको प्रतिवेदनमा लेखिएको छ।  

462463386_558811220156992_8331733815366897936_n

यही प्रकरणमा गोर्खा मिडिया नेटवर्कमा  रकम लगेर अपचलन गरेको भनी प्रहरीले पूरक जाहेरीमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै लागि प्रहरीले  गोर्खा मिडियाका पूर्व सञ्चालक मध्येका एक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

त्यस्तै उक्त सहकारीका अध्यक्ष जीबी राई विरुद्ध जिल्ला अदालत कास्कीमा एउटा मुद्दा विचाराधीन छ भने अर्को लैजाने तयारी प्रहरीले गरेको छ । प्रहरीले राईलाई झिकाउन रेड कर्नर नोटिस समेत जारी गरेको छ।  तर उनी मलेसियामा लुकेर बसेका छन् ।  पीडितहरूले पहिलो मुद्दामा रास्वपाका अध्यक्षसहितलाई प्रतिवादी बनाई दायर गरेपछि पूरक जाहेरी दिएका थिए । जाहेरी दिएपछि लामिछाने उपप्रधान तथा गृह मन्त्री भएकाले प्रहरीले रोकेर राखेको थियो । विवादकै बिच संघीय संसद्ले गोर्खा मिडिया जोडिएका सहकारीहरूको छानबिन गरेर कारबाहीको सिफारिस सरकारले गरेपछि पुनः अनुसन्धान सुरु भएको छ। त्यसअघि पोखरा उपमहानगरले एफ सिए अनिल लामिछानेको नेतृत्वमा वित्तीय स्थितिको विषयमा अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले २०८१ वैशाख १६ गते उपमहानगरपालिका मेयर धनराज आचार्यलाई बुझाएको थियो । महानगरले अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीलाई सुम्पेको थियो । तर उक्त प्रतिवेदन हालसम्म गोप्य राखिएको छ। 

‘मैले त्यो पैसा लिएकै छैन ।  लिएको भए पो तिर्नु,’ पहारीले रातोपाटीसँग भने ‘ कसले लियो, मलाई आरोप लगाएर हुन्छ त ? कसले लिएर मलाई दिएको रे भन्ने सुनेँ । पछि मलाई दिएको छैन भनेर बयान दिए रे । मेरो कुनै संलग्नता छैन । तथ्य र आधारहीन आरोप हो यो ।’

     

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप