१८ लाख भारतीय तथा नेपाली रुपैयाँसहित एक जना पक्राउ
बुधबार, २३ असोज २०८१, १६ : १९

कञ्चनपुर । भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट मंगलबार साँझ १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ वर्षीय अभिषेक गुप्तालाई उल्लेखित रुपैयाँ र स्कुटरसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठका अनुसार उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
नेविसंघले अनैतिक हर्कत गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको अनेरास्ववियुकाे आरोप
-
ट्याक्सी चालकको हत्या र लुटपाट गरी फरार १५ वर्षपछि पक्राउ
-
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
-
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सम्पन्न