३० प्रतिशत तलब बढाउने प्रस्ताव बोइङले लियो फिर्ता

वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी गुगलले आफ्ना कर्मचारीको तलब ३० प्रतिशतले बढाउने प्रस्ताव फिर्ता लिएको छ । कर्मचारी संगठनका प्रतिनिधिहरूसँगको वार्ता अगाडि बढ्न नसकेपछि आफूले तलब वृद्धिको प्रस्ताव फिर्ता लिएको कम्पनीको भनाई छ ।
बोइङको प्रस्तावलाई इन्टरनेशनल एशोसियशन अफ मशिनिष्ट एन्ड एरोस्पेश वर्कस युनियम (आईएएम)का सदस्यहरूले अस्वीकृत गरेका थिए ।
वार्ता नै नहुने अफरमा बोइङ जबर्जस्ती अड्डी लिएर बसेको आईएएमले भनेको थियो । गएको महिना बोइङले सबैभन्दा राम्रो र अन्तिम प्रस्ताव भन्दै कर्मचारीको तलब चार वर्षका लागि ३० प्रतिशत बढाउने प्रस्ताव गरेको थियो । आईएएमले भने तलब ४० प्रतिशत बढाउन माग गरेको थियो । व्यवसायमा प्रतिस्पर्धी रहनका लागि आफूहरूले स्वीकार गर्ने भन्दा निकै धेरै तलबको माग कर्मचारी संगठनले गरेको बोइङका स्टेफाइन पपले कर्मचारीलाई पठाएको पत्रमा भनेका थिए ।
यस्तो स्थितिमा थप वार्ता नहुने भन्दै अफर फिर्ता गरिएको उनको भनाई थियो । कर्मचारी संगठनका प्रतिनिधिहरूले भने पछिल्लो प्रस्तावमाथि कम्पनीले वार्ता गर्ने इच्छा नदेखाएको भनिरहेका छन् । उत्तरपश्चिम अमेरिकामा बोइङका ३० हजार भन्दा धेरै कर्मचारी गएको महिनायता हड्तालमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र