बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

५० लाख डलर जरिवाना तिरेपछि ब्राजिलमा चल्न थाल्यो एक्स

बुधबार, २३ असोज २०८१, १५ : ५४
बुधबार, २३ असोज २०८१

रियो द जेनरियो । ब्राजिलको सर्वोच्च अदालतले माइक्रो ब्लगिङ वेबसाइट एक्समाथि लगाएको प्रतिबन्ध हटाएको छ । ‘तत्कालै लागू हुने गरी ब्राजिलमा एक्सलाई फर्कन अनुमति दिएको’ आफ्नो फैसलामा न्यायाधीश आलेक्जान्द्रे दि मोराएसले भनेका छन् । 

ठुलो जरिवाना तिरेको अनि गलत सूचना फैलाएको आरोप लागेका खाताहरू ब्लक गरेपछि त्यहाँ एक्स चल्न थालेको हो । ५१ लाख डलर जरिवाना तिर्न राजी हुँदै कम्पनीले ब्राजिलको कानुन अनुसार त्यहाँ स्थानीय प्रतिनिधि राख्न मानेपछि मात्रै प्रतिबन्ध फुकाइएको हो । 

सन् २०२२ मा ब्राजिलमा भएको राष्ट्रपति निर्वाचनमा गलत सूचना फैलाएको ठानिएका कयौँ खाताहरूलाई ब्लक गर्न नमानेपछि मोरायसले एक्समाथि प्रतिबन्ध लगाएका थिए । २४ घण्टाभित्रै एक्सको सेवा सुरु गर्न अदालतले दूरसञ्चार नियामक एनाटेललाई आदेश दिएको छ । 

महिनौँसम्म अदालतको आदेश बेवास्ता गरेपछि मस्कले अगस्टको अन्त्यमा ब्राजिलको कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई कामबाट निकालेर कार्यालय नै बन्द गरेका थिए । ब्राजिलमा एक्सको सेवा बन्द गर्ने निर्णय निकै गाह्रो भएको मस्कले त्यतिबेला एउटा पोस्टमा लेखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप