वीरगन्जको नगवास्थित तीन घरमा छापामा, २१ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीका कपडा बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरेको हो ।
महानगरपालिकाको नगवास्थित तीन घरमा छापामारी भण्डारण गरी राखिएका भन्सार छलीका सामान बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले बताए । उनका अनुसार सशस्त्र प्रहरीलाई भन्सार छली गरेर सामान राखिएको सूचना आएको थियो । त्यही सूचनालाई पछ्याउँदै जाँदा तीन घरबाट २१ लाख २१ हजार ८ सयको भन्सार छलीका कपडा बरामद भएको उनले बताए ।
तीनवटै घरबाट सशस्त्र प्रहरीले खास गरी सर्टिङ, सुटिङ तथा रेडिमेट कपडाहरू बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । बरामद सबै सामान थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीमाथि आक्रमण योजनाको ग्रुप च्याट लिक गर्ने पत्रकार ‘ट्रम्प विरोधी’ घोषित
-
चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर
-
आईपीएलको छैटौँ खेलमा राजस्थानमाथि कोलकाता हावी, १५ बल बाँकी छँदै ८ विकेटले विजयी
-
१२ बजे, १२ समाचार : फेरि बढाइयो सिमेन्टको मूल्यदेखि सडक प्रदर्शनबीच हितेन्द्रको दोस्रो इनिङ्ससम्म
-
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह खानेपानी संस्थानको सदस्य नियुक्त
-
एसइई परीक्षा दिइरहेका बालकको बूढीगण्डकीमा डुबेर मृत्यु