दसैँको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने

काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले भोलीबाट नयाँ श्रम स्वीकृति नदिइने बताए । दसैँपछि श्रम स्वीकृति दिन थालिने उनको भनाइ छ ।
यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए । दसैँ तिहार जस्ता चाडपर्वमासमेत नेपालीहरूको वैदेशिक रोजगारको यात्रा भने रोकिँदैन । दसैँको टिकाकै दिन समेत सयौँको सङ्ख्यामा नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ