बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

जापानका प्रधानमन्त्री इशिबाले गरे संसद् विघटन

बुधबार, २३ असोज २०८१, १५ : ३०
बुधबार, २३ असोज २०८१

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार संसद् विघटन गरेका छन् । आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा उनले संसद् विघटन गरेका हुन् । अक्टुबर १५ देखि चुनावी प्रचार प्रसार सुरु हुनेछ ।

प्रधानमन्त्री इशिबा अक्टुबर १ मा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनी जापानको इतिहासमा सबभन्दा छोटो समयका प्रधानमन्त्री रहने सञ्चार मध्यमहरूले जनाएका छन् ।

इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले दशकदेखि जापानमा सरकारको नेतृत्व गर्दै आएका छ । यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको विश्वास घट्ने क्रम बढेको छ ।

इशिबाले बुधबार पत्रकारहरूसँग भने, ‘हामी यो निर्वाचनलाई निष्पक्ष र इमानदारीपूर्वक सामना गर्न चाहन्छौँ, ताकि यो सरकारले (जनताको) विश्वास प्राप्त गर्न सकौँ ।’

प्रधानमन्त्री इशिबाले आफ्नो १०० दिन न कटाउँदै आफ्नो पार्टीको शक्ति परीक्षण गर्नका लागि यो कदम चालेको कतिपयको बुझाइ रहेको छ । २०२३ को अन्त्यमा एलडीपीको भ्रष्टाचार सम्बन्धी एउटा मुद्दा बाहिर आएको थियो । त्यसपछि यो चुनाव हुन लागेको हो । यसले पनि एलडीपीको राजनीतिमाथि चुनौती रहेको विश्लेषण भइरहेको छ ।

भ्रष्टाचार मुद्दामा मुछिएका १२ जना आफ्ना सांसदलाई अगामी चुनावमा टिकट नदिने पनि प्रधानमन्त्री इशिबाले घोषणा गरिसकेका छन् । सदनमा ४६५ मध्ये २५८ सिट एलडीपीको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप