४.८५ अङ्कले बढ्यो बजार, पौने चार अर्बको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार सामान्य अङ्कले बढेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा पुगेको हो । आज बजारमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज बजारमा कारोबार भएकामध्ये १ सय ३० कम्पनीको सेयरमूल्य बढेको छ । १०२ कम्पनीको सेयरमूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज १३ वटा उपसूचकमध्ये विकास बैंक, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसूचकमा गिरावट आएको छ भने बाँकी ९ वटा उपसमूहमा सुधार देखिएको छ । उत्पादन र प्रशोधनमूलक उपसूचकमा सर्वाधिक १.०५ प्रतिशतको वृद्धि देखिएको छ । घटबढ भएका सबै सूचकहरूमा एक प्रतिशत भन्दा कमको उतारचढाव छ ।
बजारमा आज पनि मध्य सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार पनि यसमा सकारात्मक सर्किट लागेको थियो । अपर स्याङ्जे र राप्ती हाइड्रोपावरको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेका छन् । थ्रिस्टार हाइड्रोको सेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक शेयर कारोबार भयो । कारोबार सङ्ख्या र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सानिमा बैंक अगाडि रह्यो ।
अब सेयर बजार मंगलबार मात्रै खुल्नेछ । दसैँका लागि दिइएको सार्वजनिक बिदाका कारण शेयर बजार पाँच दिन बन्द हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म