बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

बुधबार, २३ असोज २०८१, १४ : ४७
बुधबार, २३ असोज २०८१

काठमाडौँ । अम्बे स्टील्सको उत्पादक कम्पनी जय अम्बे स्टील्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । अम्बे ग्रुप अन्तर्गतको उक्त कम्पनीले आईपीओ ल्याउने योजना सहित एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित भए पश्चात् तोकिने साधारण शेयर  प्रिमियम मूल्यमा बिक्री गर्नेगरी बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुई संस्थाबिच यससम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

नेपालकै ठुलो व्यवसायिक समूहमध्येको एक अम्बे ग्रुप अन्तर्गत यो कम्पनी सञ्चालन हुँदै आएको छ । उक्त समूहको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ भन्दा धेरै छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । २०७६ सालमा स्थापना भएको यो कम्पनीले विगत पाँच वर्षदेखि गुणस्तरीय स्टील उत्पादन गर्दै आएको छ । अहिलेको दैनिक उत्पादन क्षमता एक हजार टन रहेको कम्पनीले जनाएको छ ।

बाँकेको नेपालगञ्जमा रहेको यो उद्योग पश्चिम नेपालकै सबैभन्दा ठुलो स्टिल उद्योग समेत हो । यो उद्योगले उक्त क्षेत्रको ८० प्रतिशत बजारहिस्सा ओगटेको कम्पनीले जनाएको छ । उक्त उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।

आईपीओको तयारीमा रहेको उक्त कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक ऋणपत्र बजारबाट समेत पुँजी जुटाउने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप