बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक आक्रमण

बुधबार, २३ असोज २०८१, १४ : ३१
बुधबार, २३ असोज २०८१

रौतहट। रौतहटमा अज्ञात हतियारधारी समूहले एक जना सुनचाँदी व्यवसायीमाथि साङ्घातिक आक्रमण गरेको छ। गएराति अज्ञात समूहले गढीमाई नगरपालिका-१ समनपुरका सुनचाँदी व्यवसयी चन्दन साह सोनारको टाउको र हातमा खुकुरी प्रहार भएको हो । घाइते सोनारलाई गरुडामा सामान्य उपचार पछि थप उपचारका लागि वीरगंजस्थित वयोधा अस्पताल  पठाइएको छ । 

घाइते व्यवसायीकोअवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दिलीप घिमिरेले घटनास्थलमा प्रहरीले खुकुरी १ थान  र कटुवा पेस्तोल थान -१ फेला पारेको जानकारी दिए । 

घटनामा संलग्नहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप