बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाले गुगललाई टुक्र्याउने

बुधबार, २३ असोज २०८१, १४ : ०६
बुधबार, २३ असोज २०८१

वाशिङ्टन डीसी । अमेरिकाले घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई टुक्र्याउने खोजेको खबर बाहिरिएको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यसबारे कानुनी परामर्श गरिरहेका छन् । 

यो कदमले ठुला प्रविधि कम्पनीहरूले आफ्नो व्यापार व्यवसाय कसरी गर्छन् भन्ने कुराको नयाँ खाँका कोरिदिनेछ । आफूले अपनाउने उपायहरूमा आफ्नो इन्टरनेट सर्चमा गुगलले मनपरी गर्न नपाउने खालको संरचनात्मक व्यवस्था गरिने अमेरिकाको न्याय मन्त्रालयले बताएको छ । 

अगस्टमा गुगलले अनलाइन सर्चमा रहेको आफ्नो वचर्श्वको दुरुपयोग गरेर गैरकानूनी अभ्यास गरेको अदालतको सुनवाइ पछि न्याय मन्त्रालयको यो घोषणा आएको हो । 

गुगललाई क्रोम, प्ले र एन्ड्रोइड जस्ता प्रडक्टहरू प्रयोग गरेर गुगल सर्च र यससँग सम्बन्धी प्रडक्टमा लाभ दिनबाट रोक्ने उपायहरूबारे आफूले विचार गरिरहेको  अदालतमा बुझाइएको एउटा फाइलिङमा मन्त्रालयले भनेको थियो ।

 मन्त्रालयले २० डिसेम्बरभित्र विस्तृत प्रस्ताव बुझाउने आशा गरिएको छ । गुगलले पनि सोही अवधिभित्र आफ्नो प्रस्ताव बुझाउन सक्नेछ । गत अगस्टमा अदालतले दिएको फैसला गुगलको मातृ कम्पनी अल्फाबेटका लागि ठूलै झट्का भएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप