वृद्धवृद्धामा भिटामिन सीको कमीले हुन सक्छ यस्ता गम्भीर समस्या

काठमाडौँ । हालै भएको एक सर्वेक्षणले हाम्रो शरीरमा भिटामिन सीको कमीका कारण असामान्य रक्तस्राव, थकान र कमजोरी हुने खतरा रहेको देखाएको छ ।
यो सम्भावना वृद्ध व्यक्तिहरूमा झनै बढी हुन्छ । शारीरिक क्रियाकलापहरू कम गर्ने र सामाजिक रूपमा अलग्गिएर बस्ने एक ६५ वर्षीया महिलाको मामिलाको विवरण दिँदै क्यानेडियन मेडिकल एसोसिएसन जर्नल (सीएमएजे)मा एउटा अध्ययन प्रतिवेदन प्रकाशित छ । स्कर्भी वा भिटामिन सीको कमीको समस्या १८ औँ शताब्दीमा नाविकहरूको मात्रै रोग नभएको यसमा भनिएको छ ।
क्यानडाको टोरन्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चिकित्सकहरूलाई असामान्य रक्तस्राव र सामान्य लक्षणहरू भएका बिरामीहरूमा स्कर्भीलाई विचार गर्न भनेका थिए । यी वृद्ध महिला खुट्टा दुख्ने र कमजोरी, छालाको घाउ र रङ्ग परिवर्तन जस्ता धेरै रोगबाट पीडित थिइन । जसका कारण उनलाई टोरन्टोको एउटा अस्पतालको आकस्मिक विभागमा ल्याइएको थियो । यी महिलामा अन्य पुराना स्वास्थ्य समस्याहरू पनि थिए । कम शारीरिक गतिविधिका कारण उत्पन्न हुने समस्याले गर्दा महिला घरायसी किनमेल गर्ने, खाना पकाउने र अन्य दैनिक काम गर्न पनि असमर्थ भएकी थिइन् । उनी मुख्यतः डिब्बाबन्द सूप र माछामा निर्भर थिइन् ।
माउन्ट सिनाई अस्पताल र टोरन्टो विश्वविद्यालयका डा. सारा एन्जेलहार्टले यस विषयमा विस्तृत रूपमा व्याख्या गरेकी छिन् । ‘यस मामिलाले खाद्य असुरक्षाको एउटा जटिल उदाहरण प्रस्तुत गरेको छ, जुन असामान्य निदानको रूपमा प्रकट हुन्छ,’ उनले भनिन् । २१ औँ शताब्दीमा भिटामिन सी को कमी अनुसन्धानकर्ता र डाक्टरहरूले अपेक्षा गरे भन्दा धेरै सामान्य भएको यस अनुसन्धानमा अन्वेषकहरूले पत्ता लगाएका थिए । तर यसका लक्षणहरू प्रायः अस्पष्ट हुने भएकोले यस रोगको उपचार अक्सर चुनौतीपूर्ण छ । यस रोगका रोगीमा थकान, कमजोरी र सास फेर्न समस्या आदि लक्षण देखिन्छ ।
अनुसन्धानका लागि छानिएका यी महिला धूम्रपान पनि गर्थिन् । जसका कारण उनको शरीरमा भिटामिन सीको कमी झन् बढ्यो । उनले भिटामिन सीको उपचार सुरु गरेपछि उनको लक्षणमा सुधार आएको र भिटामिन सीको कमी भएको रगत परीक्षण गर्दा अन्ततः निदान पुष्टि भएको डाक्टरहरूले बताए । बालबालिका र वृद्धवृद्धा लगायत रोगीहरूको मूल्याङ्कन गर्दा चिकित्सकहरूले भिटामिन सीको कमीप्रति सचेत हुनुपर्ने डाक्टरहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल