बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

दैनिक कति नुन खानुपर्छ ?

बुधबार, २३ असोज २०८१, २० : ३६
बुधबार, २३ असोज २०८१

काठमाडौँ । सबै कुराको मात्रा सही अनुपातमा छ, टक्क पुगेको छ भने मात्रै खानाको स्वाद राम्रो हुन्छ । खासगरी खानामा धेरै नुनले यसको स्वाद बिगार्छ ।

 फेरि नुन कम भयो भने पनि खल्लो लाग्छ खाना । नुन हाम्रो खानाको महत्त्वपूर्ण भाग हो । धेरैलाई खानामा नुन बढी खाने मन पर्छ । खानामा नुन कम भयो भने थपेर पनि खान्छन् । तर यसरी धेरै नुन सेवन गर्नु स्वास्थ्यको लागि निकै खतरनाक हुनसक्छ भन्ने कुरा के तपाईँलाई थाहा छ ? जसरी सबै चिज सही मात्रामा सेवन गर्नुपर्छ, त्यसैगरी नुनको पनि ठिक्क मात्रामा सेवन गर्नुपर्छ ।

धेरै नुनको सेवनले रक्तचाप बढाउँछ । दैनिक १५०० मिलिग्रामदेखि २००० मिलिग्रामसम्म नुन सेवनले स्वास्थ्यलाई हानी गर्दैन ।

 नुनको खपतमा नियन्त्रण गर्न खोज्नेहरू खानामा त कम नुन राख्छन्, तर डाइनिङ टेबलमा पुगेपछि नुन थपेर खान्छन् । हामीमध्ये कयौँले यस्तो गल्ती गर्छौ । तर यस्तो गर्नु हुँदैन । कुनै पनि खानेकुरा खाँदा त्यसमा सोडियमको मात्रा चेक गर्नुपर्छ । 

प्याकेटमा आउने खाना, चिप्स, पापड, अचार, फ्रेन्च फ्राइज आदि सबै चीजमा नुनको मात्रा बढी हुन्छ । त्यसैले कुनै पनि कुराको सेवन गर्दा त्यसमा सोडियमको मात्रालाई ध्यानमा राख्नु पर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मुटुसम्बन्धी रोगहरू टार्ने हो भने  हरेक व्यक्तिले दिनमा ५ ग्राम भन्दा कम नुन खानु पर्छ भनेर भनेको छ । तर देशैपिच्छे नुनको खपत दर फरक फरक छ । पछिल्लो समय प्रशोधित खानेकुराको खपत बढ्दा नुनको खपत पनि बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप