बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

विगतको भन्दा झनै उत्कृष्ट फिल्म दिने कोसिस गरेका छौँ : दीपाश्री निरौला

बुधबार, २३ असोज २०८१, १६ : ००
बुधबार, २३ असोज २०८१

दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रकी सफल कलाकार तथा निर्देशक हुन् । नेपालमा सर्वाधिक कमाइ गर्ने ‘छक्का पञ्जा’ सिरिजमा तीन फिल्म हिट दिएपछि चौथो सिरिजमा ब्रेक लिएकी उनी ‘छक्का पञ्जा ५’मार्फत फेरि निर्देशनमा फर्किएकी छन् । ‘छक्का पञ्जा ५’ बिहीबार फूलपातीको अवसर पारेर देशभर तथा विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

फिल्म विगतको भन्दा अझै राम्रो बनेको दीपाश्री बताउँछिन् । फिल्म रिलिजको सँघारमा डेङ्गु सङ्क्रमणका कारण प्रचारप्रसारमा समेत राम्रो हिँड्न नभ्याएकी दीपाश्रीसँग ‘छक्का पञ्जा ५’सँग सम्बन्धित विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • अहिले तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

डेङ्गु सङ्क्रमण भएको ५/६ दिनभयो । सुरुका केही दिनभन्दा अहिले धेरै सजिलो महसुस गरेकी छु ।

  • फिल्म रिलिजको सँघारमा बिरामी पर्दा पक्कै समस्या पर्‍यो होला नि ?

समस्या त भयो नै । तर, मैले गर्नुपर्ने फिल्मको सबै काम सकाइसकेकी थिएँ । रिलिजको दिनसम्म उठ्छु भन्ने लागेको छ ।

  • फिल्मले सेन्सरमा कस्तो प्रतिक्रिया पायो ?

सेन्सर बोर्डका सबै सदस्यले फिल्म हेरेर निकै राम्रो बनेको भन्दै युनिभर्सल (सबैले हेर्न मिल्ने) सर्टिफिकेट दिएका छन् । सेन्सरका कतिपयले फिल्म पहिलेभन्दा राम्रो र रमाइलो रहेछ भन्नुभएको छ ।

  • ट्रेलर हेर्दा फिल्म सरकारी कर्मचारीले विवाहका लागि गर्ने सङ्घर्षको कथामा छ कि जस्तो लाग्छ । के हो ‘छक्का पञ्जा ५’ ?

हामी हरेक फिल्ममा समाजका एक–एक गरेर फरकफरक विषयवस्तु उठाउँदै आएका छौँ । ट्रेलरले बताएको विषयवस्तुमै फिल्म हो । फिल्म पहिलेको भन्दा पनि बढी मनोरञ्जनात्मक छ । फिल्मले अन्तिममा एउटा महत्त्वपूर्ण सन्देश समेत दिन्छ ।

यो हाम्रोभन्दा पनि पब्लिकको ‘डिमान्ड’ हो । फिल्म राम्रो बनाउन सकिएन भने नाम जे राखे पनि राम्रो हुनेवाला छैन ।
  • फिल्मको ट्रेलर कमजोर भयो भनेर आलोचना भयो नि ?

दर्शकको अपेक्षा हामीप्रति धेरै छ । त्यो हामीले बुझेका छौँ । हाम्रो ट्रेलर आएपछि विरोध गर्नुपर्छ भनेर जो मिसन बनाएर बसेका थिए, जसले ट्रेलर सार्वजनिक अगाडि नै विरोध गर्न थालिसकेका थिए । तिनले कमजोर भनेका हुन् । गीत आउँदा पनि यस्तै विरोध भएको थियो । विरोध गर्नुपर्छ भनेर तयार भएर बसेकालाई केही गर्न सकिँदैन ।

  • ‘छक्का पञ्जा’को सबै सिरिजमा अभिनेत्रीमात्र फेरिन्छ, किन ?

हामी कथावस्तु अनुसार नायिका लिन्छौँ ।

  • तीन सिरिज हिट दिएपछि तपाईंले ब्रेक लिनुभयो, अहिले पाँचौँ सिक्वेलमा निर्देशनमा फर्किनुभयो, किन ?

फिल्म दर्शकका लागि निर्माण गर्ने हो । दर्शकलाई हरेक फिल्म राम्रो र फरक दिनुपर्छ भन्ने हाम्रो टिमकै मान्यता हो । त्यसैले पनि मैले बिचको एक सिक्वेल नगरेको हो । यो सिक्वेलमा मैले गरिरहेको कथावस्तु पनि पर्‍यो । साथीहरूले फेरि गर्नुभन्दा मैले पनि ‘ओके’ भनेँ ।

  • ‘छक्का पञ्जा’कै नामबाट किन फिल्म दिइरहनु भएको छ ?

यो हाम्रोभन्दा पनि पब्लिकको ‘डिमान्ड’ हो । फिल्म राम्रो बनाउन सकिएन भने नाम जे राखे पनि राम्रो हुनेवाला छैन ।

  • ‘छक्का पञ्जा ५’ प्रति दर्शकको अपेक्षा धेरै छ, त्यो पूरा गर्ला त ?

हाम्रो कोसिस हरेक फिल्म पहिलेभन्दा राम्रो र अझै उत्कृष्ट दिने रहँदै आएको छ । यो फिल्ममा पनि त्यो प्रयास भएको छ । दर्शकले फिल्म हेरेपछि त्यो आफैँले बुझ्नु हुनेछ । अर्काेकुरो, हाम्रो सबै फिल्म एकै प्रकार छैन । फरक दिने कोसिस हरेक फिल्ममा गरेका छौँ । अहिलेसम्मको सबै सिक्वेल नाम बाहेक कोहीसँग मिल्दैन । ‘छक्का पञ्जा’ एउटा ब्राण्ड बनेको छ । त्यो जोगाउन हामीलाई पनि च्यालेन्ज छ । हामीप्रति दर्शकले गर्ने अपेक्षा यो फिल्मले पनि पूरा गर्छ । ‘छक्का पञ्जा’ले यो पटक हँसाउनुको अलावा भावुक पनि बनाउँछ ।

  • यसपटक मिडियामा प्रचार कम देखियो नि ?

हाम्रो रहर मिडियासँगको धेरै कार्यक्रम गर्ने थियो । तर फिल्म बनाउँदा बनाउँदै हामीले केही गर्न भ्याएनौँ ।  मिडियाको अगाडि जान मन नलागेर होइन । एकदुई वटा कार्यक्रम गरौँ भन्दै गर्दा म बिरामी भएँ । अहिले ट्रेलरको समय पनि कार्यक्रम गरौँ भन्दा मलाई डेङ्गु भयो ।

फिल्ममा लागेपछि यो कर्म नै गर्न मनलाग्दो रहेछ । सानोपर्दामा विभिन्न माध्यमबाट छाइरहेकी छु ।
  • फिल्मलाई घेराबन्दी पारेको छ नि ?

घेराबन्दी गर्ने गालीगलौज गर्ने गरिरहेका हुन्छन् । हामी त्यसको पछि लाग्दैनौँ । हिजोबाट फेरि माहौल चेन्ज भएको छ ।  फिल्मले धेरै शो पाएको छ । हाम्रो फिल्मको कहिल्यै पनि प्रि–बुकिङ हुँदैन थियो । यो पटक प्रि–बुकिङसमेत भएको छ । दसैँको टीका अगाडि नै दर्शकले आशीर्वाद दिइरहनु भएको छ । दर्शकको साथ र मायाको सधैँ कदर गर्छु ।

  • अब सानोपर्दामा नफर्कने ?

फिल्ममा लागेपछि यो कर्म नै गर्न मनलाग्दो रहेछ । सानोपर्दामा विभिन्न माध्यमबाट छाइरहेकी छु ।

  • दर्शकको मन छुने फिल्म दिइरहनु भएको छ, ओस्कारतिर लम्किने होइन ?

नेपाली फिल्म व्यावसायिक भएर सबैले लगानी उठाउन थाले भने त्यो पनि गर्ने हो । पहिले कमर्सियल फिल्म चल्ने वातावरण बनाऔँ । त्यसपछि त्यतातिर पनि सोचौँला । केही साथीले त्यसमा काम गरिरहनु भएको छ । हामीले हौसला दिइरहेका छौँ ।

  • तपाईंको फिल्म अन्य दुई वटा फिल्मसँग भिड्दै छ । कतिको प्रतिस्पर्धा महसुस गर्नुभएको छ ?

फिल्म जुधेपछि प्रतिस्पर्धा हुने भयो नै । तर स्वस्थ प्रतिस्पर्धा हुनुपर्‍यो । अरूको सामाजिक सञ्जालमा गएर ‘तेरो फिल्म हेर्दिनँ, नहेरौँ’ लगायतका कमेन्ट गर्नु भएन । फिल्म राम्रो बनाऔँ । नकारात्मक काम गर्नै पर्दैन । सबै फिल्मले व्यवसाय गर्नुपर्छ । त्यसका लागि मेरो शुभकामना छ । दर्शकलाई जुन फिल्मप्रति विश्वास हुन्छ, त्यो हेर्नुहुन्छ । हामीले बोलेर केही हुँदैन, फिल्मले बोल्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप