बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीबाट ५० हजार नक्कली रुपैयाँसहित युवक पक्राउ

बुधबार, २३ असोज २०८१, १२ : ५९
बुधबार, २३ असोज २०८१

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँ सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय हजरूल खातुन छन् । 

उनको साथबाट एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागु औषध नाइट्रोजन १ सय  ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले हरिनगर–७ स्थित आरोपीको घरमा खानतलासी गर्दा नक्कली नोट र लागु औषध भेटिएको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप