गौशाला धर्मशाला खाली गर्न लागिएसँगै विरोधमा मारवाडी सेवा समिति, तस्बिरहरू

काठमाडौँ । मारवाडी सेवा समितिले आफूहरू गौशाला धर्मशालाको मोही भएको बताएको छ । समितिका सदस्यहरूले बुधबार विभिन्न प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् ।
समितिले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विक्रमसम्मत १९९७ सालमा मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरूलाई बोलाई गाई, साँढे इत्यादिको संरक्षण, हेरचाह गर्न तथा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था धर्मशाला बनाउन जग्गा उपलब्ध गराइएको उल्लेख छ ।
साथै पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपालसँग थप सहयोग उपलब्ध गराउने विषयमा २०६० साल जेठ १२ सम्झौता गरेकोमा उक्त सम्झौता कोषले २०८० साउन १७ गते एकतर्फी भङ्ग गर्नु गैर कानुनी रहेको समितिको दाबी छ ।
त्यसपछि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त मुद्दामाथि निवेदकको दाबी नपुग्ने भनी अदालतले आदेश दिएकोमा निवेदक पक्ष उच्च अदालत जाने तयारीमा रहेको बताइएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिकाले धर्मशाला बुधबारदेखि खाली गर्न अनुरोध गरेको छ । त्यसका लागि महानगरले मंगलबार नै माइकिङ गरेको थियो ।
पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच मंगलबार गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएको थियो ।
गौशाला धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी गरेको छ ।
समितिको विज्ञप्ति पनि हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल
-
गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
-
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
-
सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत