नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
बुधबार, २३ असोज २०८१, ११ : ३७

काठमाडौँ । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ । बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो ।
टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार उक्त एसटी–वान नेटवर्कमा समस्या देखिएको थियो ।
‘सामान्य नेटवर्क इस्यु हो, ७/८ मिनेट समस्या देखियो, अहिले सेवा सञ्चालन भइसकेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने
-
ईश्वर पोखरेलको स्मृतिमा आमा : मेरी आमा कसैका आँखा बनेर जीवित हुनुहुन्छ !
-
मुकुल ढकालको आग्रहः रवि दाइलाई बिदा गरेर पार्टी निर्माणमा लागौँ
-
तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने
-
बनेको एक वर्षपछि चिस्यान केन्द्र सञ्चालनमा