बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

कोहलपुरमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

बुधबार, २३ असोज २०८१, ११ : ३४
बुधबार, २३ असोज २०८१

काठमाडौँ । बाँकेको कोहलपुरमा दुर्घटना भएको छ । कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुलमा काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प  ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले रातोपाटीलाई जानकारी दिए । 

दुर्घटनामा परेर मोटरसाइकल चालक खजुरा गाउँपालिका–२ घर भएका २१ वर्षीय तेज विक्रम मल्ल घाइते भएका छन् । 

बस चालक बर्दियाको गेरुवा गाउँपालिका–३५ घर भएका गङ्गाराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप