बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् रजनीकान्तका धेरै कमाउने ५ फिल्म

बुधबार, २३ असोज २०८१, ११ : २५
बुधबार, २३ असोज २०८१

मुम्बई । भारतीय सुपरस्टार रजनीकान्त अब फिल्म ‘वेट्टैयन’मा देखिँदै छन् । फिल्ममा उनको पुलिस अफिसरको भूमिका छ । तमिल, तेलुगु, हिन्दी र कन्नड भाषामा रिलिज हुने यो फिल्ममा अमिताभ बच्चन, फहद फासिल, राणा दग्गुबाती लगायतको अभिनय छ ।

 टिजे ज्ञानवेल निर्देशित फिल्म मार्फत वर्षौँपछि  अमिताभ र रजनीकान्त एकसाथ देखिन लागेका हुन् । फिल्मले बक्स अफिसमा राम्रो कमाउने बताइएको छ । फिल्म ‘वेट्टैयन’ हलमा आउँदै गर्दा अहिले भने रजनीकान्तका धेरै कमाउने ५ फिल्मको चर्चा यहाँ गर्न खोजेका छौँ । 

२.०

रजनीकान्तको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा पहिलो नम्बरमा २.० पर्छ । यो फिल्ममा उनी दोहोरो भूमिकामा देखिएका थिए । एस शङ्कर निर्देशित फिल्मले विश्वभरको बक्स अफिसबाट ७२३.३० करोड (भारु) ग्रस कमाई गरेको थियो । यो फिल्मको निर्माण बजेट पनि धेरै थियो ।

जेलर 

फिल्म जेलर सन् २०२३ मा रिलिज भएको थियो । फिल्ममा रजनीकान्त पूर्व पुलिस अधिकारीको रूपमा देखिएका थिए । दर्शकले रजनीकान्तको यो फिल्म निकै मन पराए ।

 फिल्मको निर्देशन नेल्सन दीलिपकुमारले गरेका थिए । फिल्मले संसारभरबाट ६०४.५ करोड ग्रस कमाई गरेको छ । फिल्ममा राम्या कृष्णन, वसन्त रवि, विनायकन लगायतको अभिनय थियो ।

रोबोट 

रजनीकान्तको सबैभन्दा बढी कमाउने फिल्ममा ‘रोबोट’ तेस्रो स्थानमा छ । फिल्ममा रजनीकान्तको जोडी ऐश्वर्या राय बनेकी थिइन् । फिल्ममा उनी सुपर एक्सन गर्दै देखिएका थिए । फिल्मले दर्शकको मनमा एकखास स्थान बनाएको छ । फिल्मले बक्स अफिसमा २९१ करोड ग्रस कमाएको बताइन्छ ।

कबाली 

रजनीकान्तको धेरै कमाउने फिल्म ‘कबाली’ पनि हो । फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया समेत दिएका थिए । फिल्मले बक्स अफिसमा २८४ करोड ग्रस कलेक्सन गरेको थियो । तर, निर्माण युनिटले फिल्मको आम्दानीको अपेक्षा भने यो भन्दा धेरै गरेको थियो ।

पेट्टा 

रजनीकान्तको धेरै कमाउने फिल्मको सूचीमा यो ५औँ स्थानमा छ । फिल्मको निर्देशन कार्तिक सुब्बारावले गरेका हुन् । बक्स अफिसमा फिल्मले २३२.९२ करोड ग्रस कलेक्सन गरेको थियो । तर तमिलनाडुमा फिल्मको आम्दानीको अपेक्षा यो भन्दा धेरै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप