‘कस्तो हो यो माया’मा ईश्वर र फरिताको रोमान्स
बुधबार, २३ असोज २०८१, ११ : २०
![‘कस्तो हो यो माया’मा ईश्वर र फरिताको रोमान्स](https://npcdn.ratopati.com/media/news/kasto-ho-yo-maya-(6)_SuxgehiCXV.jpg)
काठमाडौँ । कला, संस्कृति र माटोको माया हुनेले संसारको जुनै स्थानमा रहेपनि केही न केही गरिरहेको हुन्छ । यस्तै विदेशमा बसेर गीतसङ्गीत बेलाबेलामा सार्वजनिक गर्दे आएका फिल्म निर्माता तथा अभिनेता ईश्वर थापाको नयाँ गीत ‘कस्तो हो यो माया’ सार्वजनिक भएको छ ।
पछिल्लो समय क्यानडामा रहँदै आएका उनले यो गीतको भिडियो पनि त्यहाँको रमणीय वातावरणमै बनाएका छन् । भिडियोमा ईश्वर थापा र फरिता खड्काको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन हेरुका लामाले गरेकी हुन् ।
ईश्वर थापाको शब्द, लेखु सहयात्रीको सङ्गीत रहेको गीतमा गीतमा निशान भट्टराईले स्वर र पुरुषोत्तम सुवेदीको एरेन्ज छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संसद्लाई बिजनेस दिन नसके प्रतिपक्षले दिन्छ : जम्कट्टेल
-
प्रदेश सभा र यसको प्रभावकारिता
-
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
-
माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन (तस्बिरहरू)
-
'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु