बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा

बुधबार, २३ असोज २०८१, ११ : १०
बुधबार, २३ असोज २०८१

काठमाडौँ । हामीमध्ये धेरैजसो बिहान उठ्ने बित्तिकै चिया पिउँछौँ । तर के तपाईँलाई बिहान उठ्नेबित्तिकै चियाको सट्टा एक गिलास पानी पिउनुको फाइदाहरू थाहा छ ? बिहान खाली पेटमा पानी पिउँदा शरीरलाई अनगिन्ती फाइदा पुग्छन् । 

स्वास्थ्य विज्ञहरूका अनुसार दिनको सुरुवात गर्न हाइड्रेटेड शरीर निकै राम्रो हुन्छ । यसका लागि उठ्ने बित्तिकै एक वा दुई गिलास पानी पिउनुपर्छ । यसले धेरै रोगसँग लड्न र रोक्न मद्दत गर्छ । आजको यस लेखमा हामीहरू खाली पेटमा पानी पिउनुका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।

१. शरीरलाई तुरुन्तै रि–हाइड्रेट गर्छ

हामी राति सुतेपछि लगभग आठ घण्टा निदाएर उठ्छौँ । रातभर हाम्रो शरीरका भित्री अङ्ग सुख्खा हुन्छ । यस्तोमा रि–हाइड्रेसनको लागि पानी पिउनु महत्त्वपूर्ण छ । चिकित्सकहरूका अनुसार बिहान उठेपछि एक वा दुई गिलास मनतातो, कागती वा सामान्य पानी पिउनुपर्छ ।

२. रोगहरूसँग लड्छ पानी

स्वस्थ शरीरको लागि हाइड्रेटेड रहनु महत्त्वपूर्ण छ । विशेष गरी बिहान उठ्नेबित्तिकै पानी पिउँदा यसले ग्यास्ट्रो, कलेजो र मिर्गौला सम्बन्धी रोगहरूको सम्भावनालाई कम गर्छ । बिहान खाली पेटमा पानी पिउनाले शरीरलाई डिटोक्सिफाई गर्न मद्दत गर्छ ।

३. मेटाबोलिज्मलाई स्वस्थ बनाउँछ

बिहान खाली पेटमा पानी पिउँदा, खानाका रुपमा हरेक दिन खाने कार्बाेहाइड्रेट र प्रोटिनलाई मेटाबोलाइज गर्छ र पूरै शरीरमा पुर्‍याउँछ । बिहान पर्याप्त मात्रामा पानी पिउनाले मेटाबोलिजम त बढ्छ नै तौल बढ्नबाट पनि बचाउँछ ।

४. छालालाई चम्किलो बनाउँछ

बिहान खाली पेटमा पर्याप्त पानी पिउनाले पनि तपाईंको सुन्दरता बढाउँछ । तपाईँको छाला चम्किलो हुन्छ र कपाल पनि चम्किलो हुन्छ । यसरी बिहान सेवन गरिने पानीले समयपूर्व चाउरी पर्नबाट जोगाउन सघाउँछ र शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप