बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

दाङबाट ५० किलो अफिम र चरेससहित तीनजना पक्राउ

बुधबार, २३ असोज २०८१, ११ : ०४
बुधबार, २३ असोज २०८१

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१८ बाट प्रहरीले अफिम र चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथाउत्तरगंगा घर भएका ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र रुकुम पूर्व काक्र घर भएर घोराहीमा बस्दै आएकी बिनी पुन छन् ।

आरोपीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुवै लागु औषधको परिमाण ५० किलो १५२ ग्राम हुन्छ । 

डीएसपी ईश्वर थापा नेतृत्वको टोलीले सुरुमा सुविन्द्र र चेतनलाई पक्राउ गरेको थियो । उनीहरूको बयानको आधारमा लागु औषध बेच्ने ४२ वर्षीया बिनी पुन पक्राउ परेकी हुन् । बिनीको डेराबाट प्रहरीले लागु औषध तौल गर्ने डिजिटल तराजु पनि बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप