बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

घुँडाको दुखाइ कम गर्न चाहनु हुन्छ ? खानुस् यी फलफूल

बुधबार, २३ असोज २०८१, ०९ : ५५
बुधबार, २३ असोज २०८१

काठमाडौँ । ओस्टियोआर्थराइटिस घुँडामा हुने समस्या हो । घुँडाको जोर्नी दुख्नुको धेरै कारण हुन सक्छन् । बढ्दो उमेर, खानपान, लड्दा लागेको चोटपटक आदि इत्यादि । कयौँ पटक सुन्निएर वा सङ्क्रमणले पनि घुँडा दुख्ने गर्छ । तपाईँको शरीरमा प्रोटिन वा क्याल्सियमको कमी छ भने पनि यो समस्या हुन सक्छ ।

तपाई पनि घुँडाको दुखाइबाट हैरान हुनुहुन्छ ? हुनु हुन्छ भने तपाईँले आफ्नो खानामा स्वस्थकर चीजहरू समावेश गरेर दुखाइबाट मुक्ति पाउन सक्नुहुन्छ । आजको यस लेखमा हामीहरू घुँडाको सुन्नाई वा दुखाइ कम गर्न मद्दत गर्ने फलफूलबारे कुराकानी गर्नेछौँ ।

अमिला फल

सुन्तला, कागती, मौसमी फलफूल जस्ता अमिला फलफूल भिटामिन सिको राम्रो स्रोत हो । यी फलफूलको सेवनले हड्डी र जोर्नीलाई स्वस्थ राख्न मद्दत मिल्छ ।

जामुन

स्ट्रबेरी, ब्लुबेरी, रास्पबेरीजस्ता जामुनहरूमा एन्टिअक्सिडेन्ट र एन्थोसायनिन्स हुन्छ, जसले शरीर सुनिएको र जोर्नीको दुखाइ कम गर्न सक्छ ।

भुईँ कटहर

भुईँ कटहरमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले सुन्निएको कम गर्न र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्दछ ।

अम्बा

अम्बा भिटामिन सी को अर्को राम्रो स्रोत हो । यसले शरीरमा कोलेजन उत्पादन बढाउँछ र हड्डी बलियो बनाउन सक्छ ।

अङ्गुर

अङ्गुरमा एन्टिअक्सिडेन्ट र पोलिफेनोल हुन्छ । यसले सुन्निएको र अक्सिडेटिभ तनाव कम गर्छ । यसले जोर्नीको दुखाइ पनि कम गर्न सक्छ ।

स्याउ

स्याउमा फ्लेभोनोइड हुन्छ, जसले एन्टी–अक्सिडेन्टको रूपमा काम गर्छ र सुन्निएको कम गर्न सघाउँछ ।

मेवा

मेवामा भिटामिन सी र भिटामिन ई पाइन्छ, जुन जोर्नीको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

किवी

किवीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले सुन्निएको कम गर्छ र अक्सिडेटिभ तनाव घटाउन पनि मद्दत गर्दछ । यसको नियमित सेवनले घुँडाको दुखाई घटाउन मद्दत मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप